प्रधानमन्त्री ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित छु : वामदेव | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले महतोको मुक्ति आन्दोलनबारे अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित छु : वामदेव


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले पद तथा गोपनियताको शपथ खाएको आधा घण्टा पनि नबित्दै दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता वामदेव गौतमले आलोचना गरेका छन् ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष महतोकै नेतृत्वमा शुक्रबार सरकारमा सहभागी भएको हो । सरकारमा गएका महतोले शपथ ग्रहण गरेको केही समयपछि दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका हुन् ।

उनले बहुल राष्ट्रका लागि मुक्ति आन्दोलन गर्न आफूहरू सरकारमा समावेश भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर तीव्र आलोचना भइरहेको छ ।

यसैक्रममा एमाले नेता गौतमले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गरेकोमा आफू आश्चार्य चकित भएको बताएका हुन् । शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै गौतमले भनेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ७ : ४० बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।