बेलायतमा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति « Khabarhub

बेलायतमा फाइजरको खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विरुद्धको अमेरिकी खोप फाइजरले बेलायतमा १२ देखि १५ वर्ष उमेरका बालबालिकामा प्रयोगका लागि अनुमति पाएको छ ।

बेलायतको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी (एमएचआरए) ले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ ।

यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी (ईएमए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए ।

बेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भएपछि फाइजर बायोएनटेकको खोप १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति प्रदान गरिएको बताए । उनले यो खोप यो उमेर समूहका बालबालिकामा प्रभावकारी र सुरक्षित रहेको बताए ।

बेलायतले हालसम्म ६ करोड २० लाख बढी नागरिकलाई कम्तीमा पहिलो डोज खोप दिइसकेको छ । बेलायतमा गत वर्षको डिसेम्बरदेखि नै अस्ट्राजेनिका र फाइजर बायोएनटेकको खोपको प्रयोग हुँदै आएको छ ।–एजेन्सी

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : १९ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका