उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विद्यार्थी नेता पक्राउ (भिडियोसहित) « Khabarhub

उपप्रधानमन्त्री महतोको पुत्ला दहन, दर्जन बढी विद्यार्थी नेता पक्राउ (भिडियोसहित)


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिलाई लिएर उनको पुत्ला दहन गरिएको छ ।

नेकपा एमालेको माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेको हो ।

महतोले मन्त्री हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको अनेरास्ववियुले जनाएको छ । उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए । पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएको थियो ।

पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका एक दर्जन बढी विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेर्नुहोस् भिडियो :

हेर्नुहोस् तस्वीर :

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ८ : ३६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा