सेनाको सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर संकलन, चारवटा शव फेला « Khabarhub

सेनाको सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर संकलन, चारवटा शव फेला


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ ।

वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको सफा हिमाल अभियान २०२१ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरि २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो । सो क्रममा सबैभन्दा बढी फोहर सगरमाथाबाट संकलन भएको छ ।

संकलितमध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ । शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइ अभियानमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरूले झण्डा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी बिभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए ।

त्यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाब्जुत पनि सेनालाई बिभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उहनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहोर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।

यस वर्ष हिमाल सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा सहभागी भएका थिए । वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा हिमाल सफाइ अभियान सञ्चालन भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : १२ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले