मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने | Khabarhub Khabarhub

मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विपक्षी दलहरुले भने आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिनुपर्नेमा जोड दिएका छन् ।

ठूलो दलको हैसियतमा वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । जेठ २७ गते एक महिना पूरा हुने भएकाले सोही दिन गुरुङले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्त रामशरण बस्नेतले बताए ।

शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ २७ गते विश्वासको मत लिने भनी सरकारका प्रवक्ता बस्नेतले दलहरुसँग प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरुले तत्कालै विश्वासको मत लिनुपर्ने अडान राखेका कारण समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाका दुई सांसदले विपक्षी गठबन्धनमा सहयोग नगरेपछि गुरुङ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । सोही घटनापछि पार्टी निर्णय नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेतासमेत रहेका कृष्ण थापाको सांसद पद खारेज गर्दै रिक्त राखेको छ ।

एक पद रिक्त भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा ३० मत पुग्ने देखिएको छ । गण्डकीमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्र ११, जनमोर्चा २ र जसपाका २ सदस्य छन् । जसपाका २ सदस्य नै उपेन्द्र–बाबुराम पक्षका भएकाले यो समूहको बहुमत पुग्ने देखिएको हो ।

तत्कालै विश्वासको मत लिएर बजेट निर्माणमा सहज पार्नुपर्ने विपक्षी गठबन्धनको अडान छ । तर मुख्यमन्त्री गुरुङ भने एक महिना पूरा अवधि पदमा बस्न चाहेका छन् ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्नेछ ।

गण्डकी प्रदेशसभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर सरकार फेरबदलको खेल भएकाले जारी अधिवेशनमा बजेटको विषय भने ओझेलमा परेको छ । दलहरुको सहमति जुटाउन भन्दै स्थगित गरिएको बजेट अधिवेशन आइतबार पुनः बस्दैछ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १० : २० बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।