अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी « Khabarhub

अत्यावश्यक सेवामा खटिएका सवारी साधनलाई सेवा पुर्‍याउँदै सिप्रदी


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदीले निषेधाज्ञाको समयमा सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवा, खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्न, तथा फोहोर व्यवस्थापनमा खटिएका सवारी साधनलाई सेवा पुर्‍याइरहेको छ।

दुई हजार चार सयवटा भन्दा बढी सवारीसाधनहरुलाई सिप्रदीले गाडी मर्मत सेवा तथा सवारी साधनसँग सम्बन्धित सम्पूर्ण परामर्श प्रदान गर्दै आईरहेको जानकारी दिएको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री दुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउँदै आइरहेको छ।

हालसम्म खाद्यान्न, तरकारी, ग्यास, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४ सय वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा प्रदान गर्दै आईरहेको कम्पनीले जनाएको छ।

आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहँदै आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।

नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षासम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनीले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरुको अथक साथले २४सै घण्टा अग्रभागमा खटिरहेका राष्ट्रका सेवकहरुलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ।

यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, ईन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : १२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना