ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इनोभेसन’ कम्पिटिसन घोषणा « Khabarhub

ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इनोभेसन’ कम्पिटिसन घोषणा


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले अन्तरक्रियात्मक वर्कसप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल इनोभेसन कम्पिटिसनमार्फत टेक स्टार्टअप्स र नव प्रर्वतनात्मक योजनालाई यस वर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ।

यस वर्षको प्रतियोगिता ‘सेन्सेसन एन्ड परसेप्सन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उपविषयवस्तुमाथि आधारित हुने जानकारी दिइएको छ।

ओपोह्याक ग्लोबल इनोभेसन कम्पिटिसनले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको बताइएको छ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनुपर्ने हुन्छ।

एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ। प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : १६ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा