बतास अर्गनाइजेसनद्वारा विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

बतास अर्गनाइजेसनद्वारा विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड महामारीमा विभिन्न स्वास्थ्य पूर्वाधारको अभाव झेलिरहेका नेपालका धेरै अस्पतालहरूलाई बतास अर्गनाइजेसनअन्तर्गतको सामाजिक संस्था ‘बतास फाउन्डेसन’ले अक्सिजन कन्सन्ट्रेटरका साथै विभिन्न राहत सामग्रीहरू उपलब्ध गराएको छ ।

यस अन्तर्गत बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पतालका लागि करिब १९ लाख रकम पर्ने १० थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका छन् ।

यसका साथै बतासको भगिनी संस्था बिपिएस पेट्रोलियमका प्रबन्ध सञ्चालक शिव अर्यालले देव चुली नगरपालिका-५ मा रहेको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभूत स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर देवचुली नगरपालिका- ५ का वडा अध्यक्ष शिवलाल सापकोटामार्फत् सहयोग हस्तान्तरण गरेका छन् ।

यसका अतिरिक्त नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय घरपरिवारलाई अनुमानित लागत १३ लाख बराबरको खाद्यान्न प्याकेट उपलब्ध गराउने प्रक्रियामा रहेको छ‚ जसअनुसार ती घरधुरीमा २५ केजी चामल, ३ केजी मुसुरोको दाल, नुन २ केजी, चिनी २ केजी तेल तथा साबुन वितरण गरिने जनाइएको छ ।

यसैगरी बतास फाउन्डेसनले आउँदो महिनामा रसुवा जिल्लाको नौकुण्ड अस्पतालका लागि अनुमानित १२ लाख रुपैयाँ बराबरको ५० थान अक्सिजन सिलिन्डर (१० लि. क्षमताका ३५ वटा तथा ४० लिटर क्षमताका १५ वटा) स्वास्थ्य सामग्री उपलब्ध गराउने योजना रहेको छ ।

यी र अन्य सहयोग गरी बतास अर्गनाइजेसनबाट करिब ४८ लाख रुपैयाँको सहयोग भएको बतास फाउन्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : २१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु