बतास अर्गनाइजेसनद्वारा विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

बतास अर्गनाइजेसनद्वारा विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड महामारीमा विभिन्न स्वास्थ्य पूर्वाधारको अभाव झेलिरहेका नेपालका धेरै अस्पतालहरूलाई बतास अर्गनाइजेसनअन्तर्गतको सामाजिक संस्था ‘बतास फाउन्डेसन’ले अक्सिजन कन्सन्ट्रेटरका साथै विभिन्न राहत सामग्रीहरू उपलब्ध गराएको छ ।

यस अन्तर्गत बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पतालका लागि करिब १९ लाख रकम पर्ने १० थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका छन् ।

यसका साथै बतासको भगिनी संस्था बिपिएस पेट्रोलियमका प्रबन्ध सञ्चालक शिव अर्यालले देव चुली नगरपालिका-५ मा रहेको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभूत स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर देवचुली नगरपालिका- ५ का वडा अध्यक्ष शिवलाल सापकोटामार्फत् सहयोग हस्तान्तरण गरेका छन् ।

यसका अतिरिक्त नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय घरपरिवारलाई अनुमानित लागत १३ लाख बराबरको खाद्यान्न प्याकेट उपलब्ध गराउने प्रक्रियामा रहेको छ‚ जसअनुसार ती घरधुरीमा २५ केजी चामल, ३ केजी मुसुरोको दाल, नुन २ केजी, चिनी २ केजी तेल तथा साबुन वितरण गरिने जनाइएको छ ।

यसैगरी बतास फाउन्डेसनले आउँदो महिनामा रसुवा जिल्लाको नौकुण्ड अस्पतालका लागि अनुमानित १२ लाख रुपैयाँ बराबरको ५० थान अक्सिजन सिलिन्डर (१० लि. क्षमताका ३५ वटा तथा ४० लिटर क्षमताका १५ वटा) स्वास्थ्य सामग्री उपलब्ध गराउने योजना रहेको छ ।

यी र अन्य सहयोग गरी बतास अर्गनाइजेसनबाट करिब ४८ लाख रुपैयाँको सहयोग भएको बतास फाउन्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले बताए ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको