जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर ! | Khabarhub Khabarhub

जहाज कुर्दाकुर्दै साउदीमै अस्ताए बिन्देश्वर !


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- रोजगारीको सिलसिला साउदी अरबमा पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

साउदीको रियादस्थित अल हाईडेर कम्पनीमा कार्यरत सिरहा कल्याणपुर नगरपालिका-४ डरौलका ४८ बर्षीय बिन्देश्वर महराको मृत्यु भएको हो ।

विगत १६ वर्ष देखि त्यहाँ कार्यरत रहेका महरा साउदीको बसाइ बिट मारेर घर फर्किने तयारीमा रहेका बेला एक्कासी मृत्युको खबर आएको मृतकका ज्वाइँ सञ्जयले जानकारी दिए ।

उनलाई उच्च रक्तचापकाको कारण कम्पनीले एक साताअघि साउदीको एक अस्पताल भर्ना गरेको थियो । कम्पनीले स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताइरहेको बेला एक्कासी मृत्युको खबर आएपछि परिवार विक्षिप्त भएको उनले बताए ।

मृतक महरा गत वैशाखमै स्वदेश फर्किने तयारीमा रहे पनि कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएपछि साउदीमै रोकिएका थिए ।  मृतकका श्रीमती, ३ छोरी र १ छोरा छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : २५ बजे

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने

एमाले विधान महाधिवेशनः विचार दस्तावेजमाथि छलफल भोलिदेखि

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को विचार दस्तावेजमाथि छलफल गर्न

गौरा खेलमा रमाउँदै सुदूरका गाउँबस्ती

‘सानी डाली घँगारुकी, मुसुरदानी ।ठुम्के चरो बास ।।म बाबाका माइत

दोधारा-चाँदनीका बाढीपीडित भन्छन्- राहत होइन तटबन्ध चाहियो

दोधारा चाँदनी– यहाँको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको