छोरीलाई जबरजस्ती करणीको प्रयास, बाबु पक्राउ « Khabarhub

छोरीलाई जबरजस्ती करणीको प्रयास, बाबु पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तिन नाम)ले जबरजस्ती करणी प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम बहादुर शाहीका अनुसार राति साढे १२ बजेतिर राहुलले आफ्नै छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको भन्दै छोरीले नै उजुरी दिएकी थिईन् ।

जबरजस्ती करणी प्रयास भएपछि छोरीले नै प्रहरीले उजुरी दिएपछि उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भैरहेको डीएसपी शाहीले जानकारी दिए ।

यसअघि पनि पटकपटक उनले छोरीलाई यौन दुर्व्यवहार गर्नुका साथै करणी गर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाबुले गरेको यौन दुर्व्यवहार बारे बोल्दा इज्जतको डरले पीडितले कोही कसैलाई नभनेको प्रहरीमा बयान दिएकी छिन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ८ : ५५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान

स्याङ्जाको एउटा केन्द्रमा भिजेका मतपत्र, मत बदर हुने चिन्ता

स्याङ्जा- मतदान अधिकृतको लापरबाहीले स्याङ्जाको एउटा मतदान केन्द्रमा मतपत्र भिजेको