अबैध रुपमा औषधि खरिद बिक्रीको आरोपमा दुई जना पक्राउ « Khabarhub

अबैध रुपमा औषधि खरिद बिक्रीको आरोपमा दुई जना पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- चिकित्सकको स्वीकृति बिना अबैध रुपमा औषधि बिक्री र खरिद गरेको आरोपमा प्रहरीले धनगढीमा २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ का २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने २३ वर्षीय करण चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । अहिले घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ५५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा