चर्को घाममा काम लगाउने कुवेतका ५३८ कम्पनीलाई जरिवाना « Khabarhub

चर्को घाममा काम लगाउने कुवेतका ५३८ कम्पनीलाई जरिवाना


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ कम्पनीहरुलाई जरिवाना गरेको छ ।

एक महिनामा कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरेको कुवेत न्युज एजेन्सीलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

पीएएमका अनुसार ८७९ जान कामदारहरूले समेत नियम उलङ्घन गरेको जनाएको छ । श्रमिकलाई चर्को घाममा काम लगाएको भन्दै पीएएमलाई विभिन्न मध्यम ५७ वटा उजुरी परेको थियो भने पीएएम आफैँले १ हजार ११८ वटा कम्पनीको साइटहरूको निरीक्षण गरेको जनाएको छ ।

निरीक्षणका क्रममा ४२५ कम्पनीहरुले मात्र नियम पालना गरेको पाइएको पीएएमले जनाएको छ । कारबाही परेका कम्पनीहरुलाई के कति जरिवाना गरिएको भन्ने बारे केहि खुलाईएको छैन ।

पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थमा ध्यान दिन आग्रह गर्दै आएको छ ।

पीएएमले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई  रिपोर्ट गर्न अनुरोध गरेको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झैँ बराबर गर्न सकिने बताइएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ४० बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले