चर्को घाममा काम लगाउने कुवेतका ५३८ कम्पनीलाई जरिवाना « Khabarhub

चर्को घाममा काम लगाउने कुवेतका ५३८ कम्पनीलाई जरिवाना


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ कम्पनीहरुलाई जरिवाना गरेको छ ।

एक महिनामा कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरेको कुवेत न्युज एजेन्सीलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

पीएएमका अनुसार ८७९ जान कामदारहरूले समेत नियम उलङ्घन गरेको जनाएको छ । श्रमिकलाई चर्को घाममा काम लगाएको भन्दै पीएएमलाई विभिन्न मध्यम ५७ वटा उजुरी परेको थियो भने पीएएम आफैँले १ हजार ११८ वटा कम्पनीको साइटहरूको निरीक्षण गरेको जनाएको छ ।

निरीक्षणका क्रममा ४२५ कम्पनीहरुले मात्र नियम पालना गरेको पाइएको पीएएमले जनाएको छ । कारबाही परेका कम्पनीहरुलाई के कति जरिवाना गरिएको भन्ने बारे केहि खुलाईएको छैन ।

पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थमा ध्यान दिन आग्रह गर्दै आएको छ ।

पीएएमले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई  रिपोर्ट गर्न अनुरोध गरेको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन । दिउँसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैँको झैँ बराबर गर्न सकिने बताइएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ४० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित