बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण « Khabarhub

बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।

गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँच/पाँच लाख गरी दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५, झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : १५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक