मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म « Khabarhub

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले उक्त जानकारी दिए ।

प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषदले गृहमन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी सरकारले वैदेशिक रोजगारीका सिलसिलामा इराक पुगेका र त्यहाँको आधिकारिक भिजा प्राप्त गरेका नेपाली नागरिकलाई नेपाल फर्किएको अवस्थामा श्रमस्वीकृति दिने निर्णय गरेको छ।

इराकबाट प्राप्त रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेश गरेमा श्रमस्वीकृति प्रदान गरिने व्यवस्था गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाल सरकार र मित्रराष्ट्र जापान सरकारबीच जापान इन्टरनेशनल ट्रेडिङ कोअपर्रेसन अर्गनाइजेसन (जिटको) अन्तर्गत जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी निर्देशिका २०६६ खारेज गर्ने निर्णय पनि गरेको छ।

यसैबीच सरकारले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम मुकायम रूपमा जिम्मेवारी दिने निर्णय गरेको छ।

सरकारका निर्णयहरु प्रशासनिक सुधार, वैदेशिक रोजगारी व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई सहज बनाउने उद्देश्यतर्फ केन्द्रित रहेको प्रवक्ता खरेलले बताएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४९ बजे

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई