बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण « Khabarhub

बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ ।

गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर पाँच/पाँच लाख गरी दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार/चार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५, झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ११ : १५ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ