कर्मचारी मृत फेला | Khabarhub Khabarhub

कर्मचारी मृत फेला


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् ।

गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

नयाँ नियुक्त भएका भट्ट गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि जाँदै गरेका बेला अपराह्न ४:३० बजे  सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत भेटिएका हुन्  ।

उनले भने, “नयाँ नियुक्ति लिनका लागि गाउँपालिका जाँदै गर्दा पेट दुख्यो भनेर एक्कासि ढलेको भन्ने बुझिएको छ ।”

गाउँपालिका केन्द्र गर्जे जाँदै गरेका भट्ट अचानक पेट दुख्यो भनेर अस्पताल जान्छु भनी बाटोबाटै फर्किएको र फर्केको ठाउँबाट ५०० मिटर वर आउँदा एक्कासि ढलेको बताइएको छ ।

भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन । शव परीक्षण आज मात्रै गरिने इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ५५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा