कलाकारहरु आबद्ध इन्ट्राको राहत अभियान स्थगित « Khabarhub

कलाकारहरु आबद्ध इन्ट्राको राहत अभियान स्थगित


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–अमेरिकी गैर सरकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा सञ्चालित राहत अभियान स्थगित गरिएको छ । नेपाली कलाकारहरु दीलिप रायमाझी, संजीत भण्डारी, रिचा थापालगायतको सहभागितामा फाउण्डेसनले काठमाडौं उपत्यका र जिल्लाहरुमा राहत प्रदान गरेको थियो ।

फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड–१९ पछि भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भए पनि अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । अभिनेता दीलिप फाउण्डेसनका नेपाल निर्देशक हुन् ।

अमेरिकामा सात वर्षदेखि सञ्चालित यो संस्था नेपालमा पनि दर्ता भएर सञ्चालित छ । अमेरिकामा दश हजार बढी सदस्य रहेको यो संस्थाका पदाधिकारीहरु अमेरिकाबाट नै नेपाल आएर राहतमा सहभागी बनेका थिए ।

फाउण्डेशनले अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रमहरु, मेरो डान्स कप अफ यूएसए, मेरो भ्वाईस कप यूएसए लगायतका विभिन्न सहयोगी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

नेपालमा विगत तीन वर्षदेखि डे केयर होम सञ्चालन गरिरहेको र निकट भबिष्यमा नै झापा जिल्लामा वृद्दाआश्रम सञ्चालनमा ल्याउने तयारी रहेको संस्थापक अध्यक्ष डिल्ली अधिकारीले बताए ।

भुटानी शरणार्थी क्याम्पमा रहेका र तेस्रो मुलुक जान नमान्ने वृद्द वृद्दालाई मासिक पाँच हजार रुपैयाँ दिने घोषणा पनि अधिकारीले गरे । उनले राहतको कार्यक्रम नेपालमा लकडाउन सहज भएको कारणले बन्द गरिएको भएता पनि आवश्यक परेको खण्डमा फाउण्डेशन सँधै तयार रहने बताए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : १५ बजे

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा