देवयानी राणा कोका–कोला भारतको उपाध्यक्षमा नियुक्त « Khabarhub

देवयानी राणा कोका–कोला भारतको उपाध्यक्षमा नियुक्त


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एशियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ ।

उपाध्यक्षको रुपमा उनले उक्त जिम्मेवारी पूरा गर्ने बताइएको छ । राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन् ।

राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रमा कार्यानुभव छ । यसबाहेक उनी रणनैतिक व्यावसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व र दिगोपनालगायतका क्षेत्रमा उनीसँग वर्षौँ लामो अनुभव छ ।

उनले ब्रान्ड कम्युनिकेसन इनिसिएटिभका रुपमा व्यवसायको वकालत गर्दै आएकी छिन् । यसबाट व्यवसाय क्षेत्रमा सकारात्मक नतिजा देखिएको छ ।

कोका–कोलाका भारत र दक्षिण पश्चिम एशिया हेर्ने अध्यक्ष संकत रेले उनको नियुक्तिबारे देवयानीलाई कम्पनीमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

यसअघि राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन् । क्याटरपिलर इन्डियासँग जोडिनुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा समेत आबद्ध
थिइन् ।

उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन्।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १ : ३० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक