मध्यावधि निर्वाचनको कार्यतालिका बन्यो : साउन १५ भित्र दल दर्ताका लागि आह्वान गर्ने तयारी « Khabarhub

मध्यावधि निर्वाचनको कार्यतालिका बन्यो : साउन १५ भित्र दल दर्ताका लागि आह्वान गर्ने तयारी


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले निर्वाचनको कार्यतालिका तयार पारेको हो ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने बताएका छन् ।

आयोगको बैठकले तयार पारेको तालिका अनुसार पहिलो चरणमा हुने निर्वाचनका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका तयार भएको छ ।

दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको तालिका तय भएको छ । निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि आयोगले असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ ।

सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : २८ बजे

सरकारले सुशासन र पारदर्शितालाई व्यवहारमा रूपान्तरण गर्दैछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा

चितवन-२ : रविले जिते फेरि चुनाव हुन्छ ? के छ कानूनी प्रावधान ?

काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा विजयी हासिल गरेर राष्ट्रिय

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले

रुखमा बाँधेर, खोरमा थुनेर काम गराउने बालेनको भनाइप्रति सिंहले जनाए आपत्ति

काठमाडौं– बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धनगढीमा आयोजित चुनावी सभामा