काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५७१ कोरोना संक्रमितको आईसीयूमा र १८० को भेन्टिलेटरमा गरी कुल ७५१ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११३ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ५ आईसीयूमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२९ जना आईसीयूमा र १०९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया