निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ती सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जसमा १ सय ६८ वटा गाडी र ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ।

नयाँ भेरियन्टको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ९२ जनालाई निशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ९९ जनालाई निशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ५ सय ९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३० बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित