निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा « Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधन प्रहरीको नियन्त्रणमा


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ती सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जसमा १ सय ६८ वटा गाडी र ३ सय ६२ वटा मोटरसाइकल रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीले जनाएको छ।

नयाँ भेरियन्टको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ९२ जनालाई निशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ९९ जनालाई निशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ४६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १४ हजार ९ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ५ सय ९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ३० बजे

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय