ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालबीच सम्झौता « Khabarhub

ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालबीच सम्झौता


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपाल (रेबान) बीच सहकार्यको लागि सम्झौता भएको छ ।

रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्रीपार सराजकं डेलर नेपाल रेष्टुरेण्ट तथा बार एशोसियसन नेपालका तर्फबाट रेबानका अध्यक्ष अरनिको राज भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सो सम्झौता अनुसार बैंकले रेबानमा आबद्ध व्यवसायीहरू तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई विशेष छुटमा प्रोफेसनल लोनर १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियत पूर्ण कर्जा प्रदान गर्नेछ ।

सम्झौता पश्चात ज्योति विकास बैंकले रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरूलाई सहज वित्तिय सेवा प्रदान गर्नुका साथै रेबान अन्तर्गतका व्यवसायीहरूलाई डिजिटल बैङ्किङ सेवाहरू प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरूले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याइ आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन्। यसका साथै बैंकले आधुनिक बैंकिङ्ग,वितिय साक्षरता, उद्यमशीलता विकासका निमित्त रेबान सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ३४ बजे

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको