टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान « Khabarhub

टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियो प्रस्थान गरेका हुन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले जनाएको छ ।

सिंह र शाहले आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट पौडी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै टोकियो ओलम्पिकमा सहभागी हुन एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट केही दिनमा जापान जाने कार्यक्रम छ ।

चौधरीले एथलेटिक्सको महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : १५ बजे

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६