तामाकोशी आयोजनाको विलम्बले राष्ट्रलाई असाधारण क्षति पुग्यो : प्रधानमन्त्री (भिडियोसहित) « Khabarhub

तामाकोशी आयोजनाको विलम्बले राष्ट्रलाई असाधारण क्षति पुग्यो : प्रधानमन्त्री (भिडियोसहित)


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्‍याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कम्प्युटरबाट स्विच थिचेर भर्चुअल रूपमा उद्घाटन गर्दै आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा ब्यहोर्नु परेको बताएका हुन् । उनले विभिन्न कारणले आयोजना निर्माण कार्य विलम्ब भएकाले निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकोमा थप १८ अर्ब बढेर ३२ अर्ब पुगेको जानकारी दिए ।

नेपालीहरूकै लागतमा आयोजना बनेको भन्दै यो धेरै खुशीको कुरा भएको उनको भनाइ छ । विकास सबैको साझा आवश्यकता भएको बताउँदै प्रधानमन्त्री ओलीले उपलब्धी पनि सबैको भएको बताए । उनले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सबस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले मुलुकको विकासमा सरकार तीव्र ढंगले अघि बढेको जिकिर गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री विष्णु पौडेलले नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताए । ४ सय ५६ मेगावाटको यो आयोजनाबाट सोमबार पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । एउटा युनिटले ७६ मेगावाट बिजुली उत्पादन गर्दछ ।

आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ४९ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति