दोस्रो टी-ट्वान्टीमा पनि अष्ट्रेलिया पराजित, बंगलादेश ५ विकेटले विजयी « Khabarhub

दोस्रो टी-ट्वान्टीमा पनि अष्ट्रेलिया पराजित, बंगलादेश ५ विकेटले विजयी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाविरूद्धको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले लगातार दोस्रो जित निकालेको छ ।

बुधबार ढाकामा भएको खेलमा बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

यस जितसँगै बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दिएको १ सय २२ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जितमा आफिफ होसेनले अविजित रहदै ३७ रन बनाए । नुरुल होसेन २२ रनमा अविजित रहे । यस्तै शकिब अल हसनले २६ रन जोड्दा मेहदी हसनले २३ रन बनाए ।

अष्ट्रेलियाका मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर,एडम जाम्पा र एन्ड्रयु टेले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन बनाए । यस्तै मोइसेस हेन्रिक्सले ३० रन जोड्दा मिचेल स्टार्कले अविजित १३ रन बनाए ।

यसअघि पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ६ : ४० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी