यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने « Khabarhub

यूएईमा बालबालिकालाई पनि चिनियाँ खोप लगाइने


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको चिनियाँ खोप लगाइने भएको छ ।

यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै अनुमति दिने निर्णय गरेको हो ।

मन्त्रालयका अधिकारीहरूका अनुसार ३ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइने भएको हो ।

खोपका बारेमा गरिएको चिकित्सकीय परीक्षणबाट प्राप्त नतिजाका आधारमा बालबालिकालाई पनि खोप लगाउन सकिने निष्कर्ष निकालिएको अधिकारीहरूले जनाएका छन् ।

बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन अरू देशहरूले आँट नगरिरहेका बेला यूएईले गरेको निर्णयबाट धेरैलाई खुसी तुल्याएको छ ।

“बालबालिकालाई पनि खोप लगाएपछि कोरोनाभाइरसको महामारीविरुद्ध लड्न धेरै सजिलो हुने अपेक्षा गरिएको छ,” राज्यद्वारा सञ्चालित समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा उल्लेख गरिएको छ ।

चीनमा विकास गरिएको र विश्वका धेरै देशमा प्रयोग भइरहेको सिनोफार्म खोप यूएईमा पनि उत्पादन गर्न थालिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ६ : ५५ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले