नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज, सहभागी नहुन संस्थापनको चेतावनी « Khabarhub

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज, सहभागी नहुन संस्थापनको चेतावनी


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बुधबार नै बस्ने भनिएको बैठक उपत्यका बाहिर रहेका कतिपय केन्द्रीय सदस्यहरु उपस्थित हुन नस्कने भएपछि आजलाई सारिएको हो ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीका अनुसार बैठक बिहान ११ बजे बुद्धनगरको एक पार्टी प्यालेसमा बस्नेछ । बैठक पार्टी एकता र सरकारमा सहभागी हुने नहुने भन्नेबारे निर्णय हुन सक्ने उनले जानकारी दिए ।

संसद् जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल-खनाल समूहलाई सरकारमा सहभागी हुन सत्तारुढ गठबन्धनले दबाब दिँदै आएको छ । नेपाल-खनाल समूहलाई पर्खदा मन्त्रिपरिषद् विस्तार समेत भएको छैन ।

तर, पार्टी एक बनाउन लागी परेका विघटित कार्यदलका नेपाल पक्षका नेताहरुले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता माधव कुमार नेपाललाई दबाब दिँदै आएका छन् ।

संस्थापन पक्षले भने नेपाल समूहको बैठक अनाधिकृत भएकाले सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।

‘नेपाल कम्यनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपील गर्दछु ।’

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : २५ बजे

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ

शिक्षा र प्रविधिमा नेपाल-चीन सहकार्य सुदृढ बनाउने सहमति

काठमाडौँ– नेपाल र चीनबीच शिक्षा, विज्ञान, प्रविधि तथा खेलकुदका क्षेत्रमा

गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

कास्की– गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क

‘नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधारका लागि धेरै काम बाँकी’

काठमाडौँ – नेपालको वित्तीय क्षेत्रमा कानुनी पूर्वाधार निर्माणको धेरै काम