चीनविरुद्ध जापानसँग गठबन्धन गर्न फ्रान्स तयार « Khabarhub

चीनविरुद्ध जापानसँग गठबन्धन गर्न फ्रान्स तयार


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो- फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले चीनविरुद्ध जापानसँग सुरक्षा गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोनले जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग भेटका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

दुबैजनाको भेटपछि जारी एक संयुक्त विज्ञप्तिमा चीनविरुद्ध मिलेर काम गर्न तयार रहेको जनाइएको छ । स्वतन्त्र प्यासिफिकको लागि रक्षा र सुरक्षा क्षेत्रमा मिलेर काम गर्न फ्रान्स र जापान तयार भएका हुन् ।

दुबै नेताले बेइजिङमा भइरहेको मानवअधिकारको गम्भीर उल्लंघनको विरोध गरेका छन् । उनीहरुले हङकङमा जारी गरिएको राष्ट्रिय सुरक्षा कानुनपछिको अवस्थाले त्यहाँका स्वायत्तता समाप्त पारेको समेत बताएका छन् ।

फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार राष्ट्रपति म्याक्रोनले उक्त भेटका क्रममा मुलुकको इण्डो प्यासिफिक रणनीति र फ्रान्सको ‘पोजिसन’ स्पष्ट पारेका छन् । फ्रान्सका राष्ट्रपतिले दक्षिण प्यासिफिक राष्ट्रहरुलाई बेइजिङको व्यवहारविरुद्ध एक हुन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

म्याक्रोनले भने, ‘चीनको सिकारी रणनीतिबाट हामी सबै पीडित बनेका छौं । यसका लागि हामीले दक्षिण प्यासिफिक क्षेत्रमा सामुद्रिक रणनीति बनाउन आवश्यक छ ।’ भारत र अस्ट्रेलियामा पनि रणनीतिक गठबन्धन बनाउने र यस क्षेत्रको चुनौतीलाई मिलेर सामना गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १० : २५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६