छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित « Khabarhub

छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को दोस्रो लहरको समयमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरिएको छ ।

बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औँ कार्यपालिका बैठकले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

“अहिले अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम छ, आगामी दिनमा आवश्यक परे सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा स्थगन गरिएको छ”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने।

उनका अनुसार राधास्वामी आइसोलेसन सेन्टरलाई अहिले भएका जनशक्तिमध्ये एकतिहाइले सञ्चालन गर्ने गरी निरन्तरता दिइएको छ । “सेवा बन्द होइन, स्थगन हो । आवश्यक परेका बेला यसलाई पुनः सञ्चालन गर्न सकिन्छ” उनले भने । दोस्रो लहरको उत्कर्षको समयमा कामपाले विभिन्न १२ अस्पतालसँग सम्झौता गरी सङ्क्रमित बिरामीको उपचारमा सहजिकरण गरेको थियो ।”

त्यसैगरी बैठकले बन्दाबन्दीका कारण समयमा सम्पन्न हुन नसकेका योजनाको म्याद थप गर्ने, वडा १२ मा रुद्र विनायक नाय्खिँ गणेश निर्माण गर्न जग्गा प्राप्तिका लागि नेपाल सरकारलाई सिफारिस गर्नेलगायत निर्णय गरेको छ । यसैगरी नेपाल भाषा प्रशिक्षण व्यवस्थासम्बन्धी कार्यविधि, २०७७ मा केही संशोधन गरेर नेपाल भाषाका सहायक प्रशिक्षकलाई प्राथमिक तह तृतीय श्रेणीसरह बनाएको छ ।

यस्तै बैठकले नेपाल भाषा सहजीकरण तथा अनुगमन समिति र नेपाल भाषा समन्वय समितिका पदाधिकारीलाई काम गरेका दिनमा खाना, खाजा र यातायातबापत एक हजार ५०० रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्