सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि ! « Khabarhub

सत्तारुढ गठबन्धनमा वैद्य माओवादी पनि !



नवलपुर– पूर्वी नवलपरासीमा सत्तारुढ गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पनि रहेको छ ।

वैद्य माओवादीसहितको उक्त गठबन्धनले जिल्लाको विकास निर्माणका सन्दर्भमा बुधबार साझा अवधारणा सार्वजनिक गरेको छ ।

गठबन्धनमा सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र विवेकशील साझा पार्टी पनि समेटिएका हुन् ।

जिल्लाको विकासका लागि दलहरूलाई समेट्ने क्रममा सीपी गजुरेल नेतृत्वको गणतान्त्रिक मोर्चा र विवेकशील पार्टीलाई पनि गठबन्धनमा राखिएको माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा जानकारी दिए ।

उनले जनमुक्ति पार्टीलाई पनि गठबन्धनमा समेट्नेबारेमा छलफल भइरहेको बताए । राजनीतिक विषायमा फरक मत रहे पनि जिल्लाको विकास निर्माणको सन्दर्भमा आफूहरू गठबन्धनमा सामेल भएको मोर्चाका नवलपुर अध्यक्ष पिताम्बर तिवारीले बताए ।

यद्यपि गठबन्धनमा रहेको वैद्य निकट मोर्चाले संविधान र संसदीय ब्यवस्थाका सन्दर्भमा फरक मत राखेको छ । साथै उसले एमसीसी परियोजना खारेजी, कोरोना कहरले समस्यामा परेका विषयहरू नसमेटिएको भन्दै आपत्ति जनाएको छ ।

एमसीसी खारेजी तथा जयसिंह धामी प्रकरण, कोरोना कहरले निम्त्याएको समस्याका बारेमा गठबन्धनले कुनै पनि कुरा समेट्न नचाहेकाले आफूले फरक मत राखेको मोर्चाका अध्यक्ष तिवारीले बताए ।

गठनबन्धनकातर्फबाट तयार गरिएको साझा अवधारणापत्र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने कार्यक्रम रहेको शर्माले जानकारी दिए ।

गठबन्धनले नमुना सदरमुकामको डीपीआरको अध्ययन र सम्बन्धित निकायमा काम अघिको बढाउनका लागि पहल गर्ने, त्रिवेणीदेखि मुस्ताङ हुँदै कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन जोड दिने, जिल्लास्तरीय खेलकुद रंगशाला निर्माण, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणका लागि माग गर्ने लगायतका १३ बुदे अवधारणा अघि सारेको छ ।

भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्वविद्यालय निर्माणको लागि सम्बन्धित निकायमा माग गर्ने पनि सात दलीय गठबन्धनको अवधारणा पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ११ : ४७ बजे

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई

सरकारी क्लाउड पूर्वाधार विकास गरिने

काठमाडौं– सरकारले सरकारी क्लाउड पूर्वाधार विकास गर्ने नीति लिएको छ

नयाँ भवनमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

काठमाडौं– सरकारले नयाँ भवन निर्माणमा भूकम्प प्रतिरोधी मापदण्ड लागू गरिने

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य, प्रभावितलाई सेयर दिने 

काठमाडौं– सरकारले देशको ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने लक्ष्यसहित ३०

माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा

काठमाडौं– माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा