युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ « Khabarhub

युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियोमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिएको छ ।

जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

ती युवालाई कुटपिट गर्ने जनप्रतिनिधि जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली हुन् ।

स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।

जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए ।

उनले भने, ‘टाढा भएका कारण विभिन्न इलाका प्रहरी कार्यालयको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो ।’

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिलेसम्म ती वडाध्यक्षविरुद्ध उजुरी दिएका छैनन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्