प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ « Khabarhub

प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षाहलबाट चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा दुई जना बिचौलिया पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, ९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई छन्।

एसपी जिसीका अनुसार पक्राउ परेकामध्ये सूर्य राईले जवान पदमा भर्ना गराइदिन्छु भनी संगम राईबाट एक लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले जवान पदमा परीक्षा दिने सक्कली विद्यार्थीको नाम भने खुलाएको छैन। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै