प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ « Khabarhub

प्रहरी जवानको परीक्षाहलबाट चार जना नक्कली विद्यार्थीसहित ६ जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा प्रहरी जवान पदको परीक्षामा परीक्षा दिईरहेका ४ जना नक्कलि विद्यार्थीसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १ नम्बर प्रदेशको प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षाहलबाट चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

चार जनासहित परीक्षार्थीलाई पास गराइदिने बहानामा पैसाको कारोबार गरेको आरोपमा दुई जना बिचौलिया पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका–६ का २३ वर्षीय सूर्य राई, ९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय सरोज राई, २७ वर्षीय राजकुमार राई र सहिदभूमि गाउँपालिका–३ का २१ वर्षीय खपाङ राई छन्।

एसपी जिसीका अनुसार पक्राउ परेकामध्ये सूर्य राईले जवान पदमा भर्ना गराइदिन्छु भनी संगम राईबाट एक लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले जवान पदमा परीक्षा दिने सक्कली विद्यार्थीको नाम भने खुलाएको छैन। पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको एसपी जिसीले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : २५ बजे

दुईजनाको उद्धार गरिएको त्रिशूली थ्री ‘ए’ भित्र अरू कोही भेटिएनन्

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्‍याइएका

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ ।

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौँ पशुचौपाया बगाएर

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट