नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा « Khabarhub

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विष्टले सञ्चार मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

विष्टले आफूले ३८ महिना अघि पाएको जिम्मेवारीबाट बिदा लिएको जानकारी गराएका छन् । राजनीतिक नियुक्तिको पद भएकाले आफूले नैतिक रूपमा राजीनामा दिएको उनको भनाइ छ ।

आफूलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् ।

फेसबुकमार्फत राजीनामा दिएको जानकारी दिँदै उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, विभागीय मन्त्री गाेकुल बास्काेटा एबम् याे जिम्मेवारीमा रहुञ्जेल आफूलाई ऊर्जा प्रदान गर्नुहुने सबैमा आभार प्रकट गरेका छन् ।

उनले आफ्नो कार्यकालमा नेपाल टेलिभिजन एचडी प्रविधिमा रुपान्तरण भएकोलगायतका सुधारका कार्यसम्बन्धी फेहरिस्त फेसबुकमा उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्टलाई तत्कालीन सञ्चार मन्त्री बास्कोटाको पालामा ४ वर्षका लागि नियुक्त गरिएको थियो ।

राजीनामालगत्तै नेपाल टेलिभिजनको कार्यालयमा पुगेर विष्टले कर्मचारीलाई सम्बोधन गर्दै विदाइ लिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ७ : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्