मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान « Khabarhub

मनसुनी वायुको प्रभावले मुलुकभर वर्षा, मंगलबारसम्म सतर्क रहन आह्वान


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका अधिकांश भेगमा वर्षा भइरहेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग भन्दा केही तल रहँदा मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एकाध ठाउँमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अब मंगलबारसम्म नै ठाउँठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो  छ तीन दिनको पूर्वानुमान

भाद्र २० गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २१ गते (सोमबार)

दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २२ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ४५ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका