नेपालसहितका १० एसियाली मुलुकमाथि फिलिपिन्सले लगाएको प्रतिबन्ध फुकुवा « Khabarhub

नेपालसहितका १० एसियाली मुलुकमाथि फिलिपिन्सले लगाएको प्रतिबन्ध फुकुवा


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला(एएफपी)- फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

खोपका कारण संक्रमण भयाबह नभएको निश्कर्ष साथ सेप्टेम्बर ६ देखि फिलिपिन्सले १० एसियाली मुलुकलाई यात्रा खुला गर्ने निर्णय गरेको हो ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउने अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन्।

एसियाली यी सबै देशहरूबाट फिलिपिन्स आउने यात्रुहरूका लागि यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले जानकारी दिए । रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा वाहकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ । डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ ।

फिलिपिन्सका एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ । यीमध्ये ३३ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो ।’

फिलिपिन्सले नेपालसहितका १० एसियाली मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौती देखिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ४५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा