कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता « Khabarhub

कतारमा रहेका नेपाली श्रमिकले यसरी परिवर्तन गर्न सक्छन् रोजगारदाता


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- के तपाईं कतारमा हुनुहुन्छ ?, कतारमा रहेर रोजगारदाता परिवर्तन गर्न चाहनुहुन्छ ? । यदि चाहनुहुन्छ भने कतार सरकारले रोजगारदाता परिवर्तन गर्न पाउने नियम ल्याएको छ ।

यो नियम अनुसार तपाईँ यदि रोजगारदाता परिवर्तन गर्न चाहेमा पहिलो रोजगारदाताको अनुमति चाहिँदैन । तपाईँको इच्छा अनुसार काम परिवर्तन गर्न सक्नुहुन्छ ।

कम्पनी परिवर्तन बारे सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्सले ‘प्रवासी सूचना साथी’ को नामबाट कतारमा नेपाली श्रमिकले कसरी सजिलै कम्पनी परिवर्तन गर्न सक्छन् भन्ने  एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ ।

कसरी काम परिवर्तन गर्ने ?

– रोजगारदाता (कम्पनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनुपर्ने ।

-दुई वर्षभन्दा बढी अवधि काम गरेका भए २ महिनाको सूचना दिने । २ वर्षभन्दा कम अवधि काम गरिरहेको भए १ महिनाको सूचना दिने ।

-रोजगारदातासँग भएको करारको म्याद सकिने मितिभन्दा ३० दिनअघि सूचना दिनुपर्छ । करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा ५ वर्षपछि मात्र सूचना दिन सकिने । यस्तोमा ५ वर्ष पछि सूचना दिँदा ६० दिनको सूचना दिने ।

– सूचनासँगै छाड्न चाहेको रोजगारदातासँगको करार पत्र, त्यो नभए रोजगारी दिने पत्र अर्थात नयाँ रोजगारदाताले दिएको कामको अफर पत्र र जान चाहेको रोजगारदाताले अरबीमा लेखेको जागिर दिन्छु भन्ने पत्र र रोजगारदाता परिवर्तन गर्न भरेको फाराम समेत संलग्न गर्नु पर्दछ ।

यी हुन् पूरा गर्नुपर्ने प्रकिया

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४५ बजे

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न

होर्मुज जलक्षेत्रबाट एकजना नेपाली इरानी सेनाको नियन्त्रणमा

काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

बालेन सरकारले काठमाडौंमा घर घडेरी किन्ने कर्मचारीको स्रोत खोज्ला ?

काठमाडौं– अबको केही दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त

धनुषा– प्रधानमन्त्री सुशीला कार्कीले मधेस प्रदेश तथा धनुषा जिल्लामा शान्तिपूर्ण