कुवेत बाहिर फसेका तीन लाख ९० बिदेशी नागरिकको भिसा सकियो « Khabarhub

कुवेत बाहिर फसेका तीन लाख ९० बिदेशी नागरिकको भिसा सकियो


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा-  कोरोना महामारीका कारण कुवेत बाहिर फसेका नेपालीसहित तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको जनाएको छ ।

कोरोनाका कारण विमानस्थल बन्द भएकाले कुवेतबाट विभिन्न समयमा बिदामा गएर पुन: कुवेत फर्किन नसक्दा तीन लाख ९० बिदेशी नागरिकको भिसा सकिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।

भिसा सकिएकाले अब कुवेत फर्किन पाउने छैन । भिसा सकिएसंगै कुवेतबाट नेपाल बिदामा गएका हजारौं नेपालीले पनि रोजगारी गुमाएका छन् ।

भिजिट भिसा खोल्दै

कुवेतले कोरोनाका कारण लगभग डेढ बर्षदेखि बन्द रहेको भिजिट भिसा खोल्ने भएको छ । आन्तरिक मन्त्रालयले कुवेत भ्रमण गर्न चाहने बिदेशी नागरिकहरुको लागि पुन: भिजिट भिसा खोल्न गइरहेको जनाएको छ ।

क्याबिनेटले अनुमोदन गरेपछि सबै प्रकारका भिजिट भिसा (परिवार, वाणिज्यिक र पर्यटक) लाई विशेष सर्तहरूको साथ अनुमति दिइने आन्तरिक मन्त्रालयलाई उद्रित अरब टाइम्सले जनाएको छ ।

कुवेतले विभिन्न देशहरूसँग प्रत्यक्ष उडान, कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा परिचालन क्षमता वृद्धि र कोरोना भाइरसको मामिलामा गिरावट लगायत अन्य चरणहरू तथा प्रक्रियाबाट सामान्य जीवनमा फर्कने प्रक्रिया सुरु गरेपछि भिजिट खुल्ला गर्ने जनाएको छ ।

१ लाख ५० हजार अबैध बिदेशी नागरिक

कुवेतमा नेपाली सहित १ लाख ५० हजार बिदेशी नागरिक अबैध तरिकाले बसेको जनाएको छ ।

कुवेतले विभिन्न समयमा अबैधानिक रुपमा आफ्नो देशमा बसेका बिदेशी नागरिकलाई सिमित जरिवाना तिरेर फर्किने समयसिमा तोक्दा पनि नाफर्किएका नागरिकलाई पूर्ण रुपमा विमानस्थल खुल्ने बित्तिकै पक्राउ गरी आ-आफ्नो देश फिर्ता पठाउने भएको छ ।

आन्तरिक मन्त्रालयका अनुसार हाल कुवेतमा १ लाख ५० हजार बिदेशी नागरिकले त्यहाँ कानुन उल्लंघनकर्ताहरू रहेको जनाउदै विमानस्थल खोलेपछि र महामारी सामान्यमा फर्किएपछि उनीहरूलाई पक्राउ गरी डिपोर्ट गरिने जनाएको छ ।

अब भने उनीहरुलाई कुनै अवसर नदिइने जनाएको छ । यसघि कुवेतले आवासीय कानून उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानूनी वैधता कायम गर्न भन्दै चौथो पटक यो मौका दिएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ०१ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित