कृषि ज्ञान केन्द्र डेढ महिनादेखि प्रमुखविहीन | Khabarhub Khabarhub

कृषि ज्ञान केन्द्र डेढ महिनादेखि प्रमुखविहीन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कृषि ज्ञान केन्द्र करिब डेढ महिनादेखि प्रमुखविहीन रहेको छ । प्रमुख रोहिणीराज घिमिरेको गत साउन १२ गतेदेखि अवकाशपश्चात कार्यालय प्रमुखविहीन हुँदै आएको हो ।

प्रमुखविहीन भएको यतिका समय हुँदासमेत सरकारले कार्यालय प्रमुख नपठाउँदा सेवाग्राहीदेखि कर्मचारीसमेत मर्कामा पर्दै आएका छन् ।

प्रमुख पठाउन सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि हालसम्म कहिले आउने अन्योल नै रहेको केन्द्रका कृषि प्रचार अधिकृत बुद्धिबहादुर बानियाँले बताए ।

यस कार्यालयमा रहेका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीसमेत तालिमका लागि भन्दै यही भदौ ८ गतेदेखि काठमाडौँ गएका छन् ।

उनले आफू दुई महिना लामो तालिममा सहभागी भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने जानकारी दिए ।

कार्यालय प्रमुखसहित विभिन्न पदका कर्मचारी नहुँदा विभिन्न सेवाबाट बञ्चित हुँदा किसान निराश बन्न थालेका छन् । कृषि क्षेत्रमा सरकारले विशेष प्राथमिकताका साथ हेर्दै समस्याका समाधान गर्नुपर्ने यहाँका किसानको भनाइ छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ११ : ५३ बजे

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १९० पुग्यो 

काठमाडौं– पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ९० पुगेको छ

व्यासको तिंकर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला– चीनको सीमा नजिकको दार्चुलाको गाउँ तिंकरमा तीन सातादेखि सञ्चार

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ

थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौं– थाइल्याण्डको राजधानी बैङ्ककमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

डा. केसीले तोडे अनशन 

काठमाडौं– चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै तीन दिनअघि अनशन बसेका