अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान « Khabarhub

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ ।

मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो । 

किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए  । 

चालु आर्थिक वर्षका लागि सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउनेछन् ।

भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीन वटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार लघु उद्यमीलाई वार्षिक १२ हजार रुपैयाँ, साना उद्यमीलाई १८ हजार रुपैयाँ, मझौला उद्यमीलाई २५ हजार रुपैयाँ र व्यावसायिक कृषकलाई ३५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यविधि छ । 

कार्यक्रममा आबद्ध हुन चाहने किसानलाई आगामी मङ्सिर ३ गतेभित्र गाउँपालिका वा वडा कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ ।

चालु आवमा ३० जना किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ । पहिलोपटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताए  । 

यसैगरी, अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि १० लाख रुपैयाँ, घुम्ती गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन तीन लाख रुपैयाँ  र माछामासु तथा डेरी पसल निर्माण तथा सुधारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १ : ३९ बजे

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६