मोदीको पुत्ला जलाएपछि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी « Khabarhub

मोदीको पुत्ला जलाएपछि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी, गर्ने जुलस निकाल्ने र प्रदर्शन गर्नेमाथि कारबाही गरिने चेतावनी दिएका हुन् ।

हालका दिनहरुमा दार्चुला प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेको छ । भारतीय प्रधानमन्त्री मोदीको काठमाडौंमा पुत्लासमेत जलाइएपछि गृहमन्त्रालयको चेतावनीयुक्त विज्ञप्ति आएको हो ।

मन्त्रालयले नेपालले सबै मित्रराष्ट्रहरुसँग पारस्पिारिक सम्बन्ध कायम राख्न चाहेको भन्दै नेपाली भूमिमा कुनै पनि मित्रराष्ट्र विरुद्धका गतिविधि हुन नदिने जनाएको छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गर्दै आएको भन्दै भविष्यमा पनि कूटनीतिक माध्यमबाटै समस्या समाधान गरिने बताएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १२ : ४६ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण