शेयर बजार राताम्मे, नेप्सेमा तीन अंकको गिरावट « Khabarhub

शेयर बजार राताम्मे, नेप्सेमा तीन अंकको गिरावट


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार मापक परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ को बिन्दुमा पुगेको छ । लामो समयपछि शेयर बजार यसरी ओरालो लागेको हो ।

आइतबार नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेट सर्किट ब्रेकसमेत लागेको थियो । १ बजे सर्किट लागेको कारोबार दुई बजेपछि पुनः खुलेपछि सामान्य सुधार भएको थियो । तर, समग्रमा बजारमा तीन अंकको गिरावट आएको हो ।

आइतबार सेन्सेटिभ सूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ को बिन्दुमा पुगेको छ । आइतबार १३ वटै उप समूहले गुमाएका छन् । सबैभन्दा धेरै बैंकिंग क्षेत्रले गुमाएको छ । आइतबार २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर खरिदविक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार २२३ कम्पनीका शेयर किनबेच भएका थिए ।

शेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिन नपाइने नीति राष्ट्र बैंकले बनाएपछि शेयर बजार लागतार ओरालो लागेको छ । शेयर लगानी कर्ताहरुले राष्ट्र बैंकले सो नीति परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : १९ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु