शेयर बजार राताम्मे, नेप्सेमा तीन अंकको गिरावट « Khabarhub

शेयर बजार राताम्मे, नेप्सेमा तीन अंकको गिरावट


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बजार मापक परिसूचक नेप्सेमा तीन अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ को बिन्दुमा पुगेको छ । लामो समयपछि शेयर बजार यसरी ओरालो लागेको हो ।

आइतबार नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि ४० मिनेट सर्किट ब्रेकसमेत लागेको थियो । १ बजे सर्किट लागेको कारोबार दुई बजेपछि पुनः खुलेपछि सामान्य सुधार भएको थियो । तर, समग्रमा बजारमा तीन अंकको गिरावट आएको हो ।

आइतबार सेन्सेटिभ सूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ को बिन्दुमा पुगेको छ । आइतबार १३ वटै उप समूहले गुमाएका छन् । सबैभन्दा धेरै बैंकिंग क्षेत्रले गुमाएको छ । आइतबार २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर खरिदविक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । आइतबार २२३ कम्पनीका शेयर किनबेच भएका थिए ।

शेयर बजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । शेयर धितोमा १२ करोडभन्दा धेरै ऋण लिन नपाइने नीति राष्ट्र बैंकले बनाएपछि शेयर बजार लागतार ओरालो लागेको छ । शेयर लगानी कर्ताहरुले राष्ट्र बैंकले सो नीति परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : १९ बजे

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक