कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन « Khabarhub

कुलमान घिसिङ विरुद्धको रिटमाथि आज सुनुवाइ भएन


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरोधमा तत्कालीन सीईओ हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट आतइबार सुनुवाइका लागि पेशीमा चढे पनि सुनुवाइ भएन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सो रिट पेशीमा चढेको थियो । तर, आइतबार सो रिट हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश राणाको इजलासमा राखिएका रिट मध्ये यो रिटलाई ४ नम्बरमा राखिएको थियो ।

नेपाललाई लोड सेडिङ मुक्त गराएपछि लोकप्रिय बनेका घिसिङको पहिलो कार्यकाल ओली सरकारका पालामा सकिएको थियो । त्यतिबेला घिसिङलाई पुनःनियुक्त गर्न दबाब दिइए पनि तत्कालीन सरकारले उनलाई घर पठाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

तर, देउवा सरकार आएसँगै शाक्यलाई ऊर्जा आयोगको सदस्यमा नियुक्त गर्दै घिसिङलाई पुनः सीईओ नियुक्त गरेको थियो । सरकारको सो निर्णय विरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : ३५ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण