त्रि-चन्द्र कलेजको 'कन्तबिजोग', पुनर्निर्माणको माग राख्दै विद्यार्थी सडकमा (फोटोफिचर) | Khabarhub Khabarhub

त्रि-चन्द्र कलेजको ‘कन्तबिजोग’, पुनर्निर्माणको माग राख्दै विद्यार्थी सडकमा (फोटोफिचर)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भूकम्पले क्षतिपुगेको काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गर्न सरकारले चासो नदेखाएको भन्दै विद्यार्थीहरुले क्याम्पस परिसरमा आइतबार प्रदर्शन गरेका छन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसको नेतृत्वमा विद्यार्थीहरुले क्याम्पसको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरेका हुन् ।

‘धरहरा प्राथमिकताको क्षेत्रमा पर्छ, शैक्षिक क्षेत्र किन पर्दैन ?’ , ‘प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पसको पुननिर्माण कहिले ?’ , पुनर्निर्माण प्राधिकरण कहिलेसम्म आखाँमा छारो, काममा तेल ?’ लगायत लेखिएका प्लेकार्डसहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।

नेविसंघ त्रिचन्द्र इकाइ कमिटीका अध्यक्ष सानु सिवाकोटीले क्याम्पसको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए पनि नसुनेको बताए । उनले सरकारले नसक्ने भए सवै बिद्यार्थी मिलेर क्याम्पसको पुनर्निर्माण गर्ने बताए ।

चन्द्र शमशेरले निर्माण गरेको कलेज भूकम्पपछि जीर्ण अवस्थामा पुगेको छ ।

हेरौँ केही तस्वीरहरु

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४५ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न