त्रि-चन्द्र कलेजको ‘कन्तबिजोग’, पुनर्निर्माणको माग राख्दै विद्यार्थी सडकमा (फोटोफिचर) « Khabarhub

त्रि-चन्द्र कलेजको ‘कन्तबिजोग’, पुनर्निर्माणको माग राख्दै विद्यार्थी सडकमा (फोटोफिचर)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भूकम्पले क्षतिपुगेको काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गर्न सरकारले चासो नदेखाएको भन्दै विद्यार्थीहरुले क्याम्पस परिसरमा आइतबार प्रदर्शन गरेका छन् ।

नेविसंघ त्रिचन्द्र क्याम्पसको नेतृत्वमा विद्यार्थीहरुले क्याम्पसको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै प्रदर्शन गरेका हुन् ।

‘धरहरा प्राथमिकताको क्षेत्रमा पर्छ, शैक्षिक क्षेत्र किन पर्दैन ?’ , ‘प्रधानमन्त्रीज्यू तपाईले पढेको क्याम्पसको पुननिर्माण कहिले ?’ , पुनर्निर्माण प्राधिकरण कहिलेसम्म आखाँमा छारो, काममा तेल ?’ लगायत लेखिएका प्लेकार्डसहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।

नेविसंघ त्रिचन्द्र इकाइ कमिटीका अध्यक्ष सानु सिवाकोटीले क्याम्पसको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए पनि नसुनेको बताए । उनले सरकारले नसक्ने भए सवै बिद्यार्थी मिलेर क्याम्पसको पुनर्निर्माण गर्ने बताए ।

चन्द्र शमशेरले निर्माण गरेको कलेज भूकम्पपछि जीर्ण अवस्थामा पुगेको छ ।

हेरौँ केही तस्वीरहरु

 

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४५ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६