नेकपा एसकाे आन्तरिक सर्कुलर : १० बुँदे सहमित जालझेलमात्र (अपानिसहित) « Khabarhub

नेकपा एसकाे आन्तरिक सर्कुलर : १० बुँदे सहमित जालझेलमात्र (अपानिसहित)


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आन्तरिक सर्कुलर गर्दै एमाले विभाजन गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । पार्टीको पहिलो अन्तर पार्टी निर्देशनमा एमाले अध्यक्ष केपी शर्मा ओली नमिलेपछि आफूहरुले बाध्यता भएर जायज विद्रोह गरेको अध्यक्ष नेपालले बताएका छन् ।

ओलीले एमालेको नवौं महाधिवेशनले तय गरेका कार्यदेश उल्लंघन गरेको, कम्युनिष्ट आन्दोलनलाई बदनाम गरेको, प्रतिनिधिसभा विघटन गरी प्रतिगामी कदम चालेको लगायतका आरोप लगाएका छन् ।

साथै अपानिमा सँयुक्त कार्यदलमा भएको १० बुँदे सहमति जालझेलमात्र भएको अध्यक्ष नेपालको विश्लेषण छ । उनले वार्तामा बसेका नेताहरुले ओलीको जालझेल बुझ्ने प्रयाससमेत नगरेको बताएका छन् । उनले कम्युनिष्ट आन्दोलनलाई जोगाउन पार्टी पुनःगठन गरिएकोसमेत बताएका छन् ।

अपानिमा ५ सदस्यीय स्थायी कमिटी र १२ जना नेतालाई प्रदेश र विभाग इन्चार्ज तोकिएको छ । यस्तै वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा दस्तावेज निर्माण समिति, गंगालाल तुलाधरलाई पार्टी केन्द्रीय कार्यालयको सचिव, राजेन्द्र पाण्डेलगायतका नेतालाई निर्वाचन आयोगबारे कामको जिम्मेवारी दिइएको छ ।

अपानिमा पार्टीको संगठन निर्माणलाईसमेत तिब्रता दिन निर्देशन दिइएको छ । राष्ट्रिय भेला गर्ने, प्रदेश, जिल्ला, स्थानीय स्तरमा पार्टीको संगठन निर्माण गर्ने, भेला बैठक गर्ने, संगठित सदस्यता वितरण गर्नेलगायतका निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : २४ बजे

पाँच वर्षे छोरालाई आमाको आशीर्वाद- ‘सरी’ भन्ने बानी कहिल्यै नत्याग्नू !

चिठ्ठी साहित्य प्रिय बाबु आयान्स,असीम माया !तिमी अहिले पाँच वर्षका

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने