सीआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ « Khabarhub

सीआईबीको इन्सपेक्टर हुँ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोहलपुर नगरपालिका-११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सीआईबीको इन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकाया रहेको प्रहरीले जनाएको छ ।

उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ३० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट