उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो ।

उक्त घटनामा छ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आई एस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

अल–ताइ भने, “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।”

आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाद गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकूसमेतको मृत्यु भएकमो छ भने सयौँ घाइते भएका छन् ।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्थित्व देखाउने प्रयास गर्दै आएको छ । सिन्ह्वा

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ५० बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स