डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ « Khabarhub

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ जना पक्राउ


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका ३० वर्षीय नरेश केसी, नवलपरासी देवचुली– १७ का ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनोपा– १० जनगालका ३३ वर्षीय दीप विष्ट र काठमाडौं टेकुका २३ वर्षीय सोहिली शाही छन् ।

उनीहरूले इडिभीको थप प्रक्रिया अघि बढाउन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको प्रहरीले जनाएको छ । यो कामका लागि उनीहरूले दलाललाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

कोइरालाले भने, ‘यिनीहरूको नाममा डिभी परिसकेको रहेछ । त्यसका लागि थप डकुमेन्ट दूतावासमा बुझाउनुपर्ने रहेछ । यिनीहरूसँग शैक्षिक योग्यताको प्रमाणपत्र छैन रहेछ । त्यसैका लागि नक्कली प्रमाणपत्र बनाएर पेस गरेछन् । यस प्रयोजनमा २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।’

नेपालस्थित अमेरिकी दूतावसको अनुरोधपछि महाशाखाले घटनाको अनुसन्धान गरेको थियो । यस क्रममा ‘प्लस टु’को नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणित पत्रलगायतका नक्कली कागजात प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ४३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका